MENU

Number of Endorsement: 71665

Nationality: 200   (List)

अन्तराष्ट्रिय विवेकाभास दिवसको घोषणा

प्रेम र विवेकाभाषद्वारा शान्ति-संस्कृतिको पदोन्नति गर्दै


पहिलो विश्‍वयुद्ध सकिएको एक शताब्दी भयो, र दोस्रो विश्‍वयुद्ध सकिएको सात दशक भयो; युद्धको बरबादीले शान्तिप्रति मानिसहरूको आकाङ्क्षालाई अझै गहन बनाइदिएको छ। शान्ति सम्‍बन्धी मानवको खोज कहिल्यै अन्त्य भएको छैन, तैपनि संसार उथलपुथल छ।

संसारभरिका सबै जनताहरू एक-आपसमा अन्तर्निभर र अन्तर्सम्‍बन्धित भएका हुनाले, तिनीहरूले सक्रिय रूपमा शान्ति र सद्भावको खोजी गर्ने क्रममा साथै धर्ती माता र सारा मानिसहरूको हितको योजनालाई अघि बढाउने क्रममा, सबैले दया, साहस, र सच्‍चा बुद्धिद्वारा अन्तराष्ट्रिय र राष्ट्रिय संकटहरूको सामना गरून् भन्‍ने प्रोत्साहन दिइन्छ।

प्रेम र शान्तिले संसारको मानिसहरूको हितलाई वृद्धि गर्छ, र विश्‍वव्यापी स्थिरताको सबैभन्दा महत्त्वपूर्ण कुने-ढुङ्गाहरू यीनै हुन्। आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, प्राविधिक, र शैक्षिक क्षेत्रमा सन्तुलित रूपमा विकास गर्नको लागि विश्‍वनागरिकहरूले आफ्‍नो हृदयमा प्रेमलाई कायम राखून् भन्‍ने प्रोत्साहन दिइन्छ।

विवेकाभास प्रेमको बहाव हो; मानिसहरूका बीचमा प्रेम, सहनशीलता, र वास्तालाई वृद्धि गर्न, साथै सारा मानिसहरूले पारस्परिक भलाइको लागि मिलेर काम गर्ने एकीकृत संसारलाई पदोन्‍नति गर्ने किसिमको मित्रता, पारिवारिक सम्‍बन्ध, र अन्तराष्ट्रिय सम्‍बन्धहरूलाई सुदृढ गर्नको लागि विश्‍व नागरिकहरूको विवेक जागरूक हुनु अत्यावश्यक छ।

एउटा राम्रो संस्कृति गुणस्तरीय शिक्षाको जग हो, जुन दिर्घकालीन आर्थिक विकासको लागि अत्यावश्यक छ। हरेक देशले सांस्कृतिक विवेकाभासलाई पदोन्नति दिऊन् र राष्ट्रिय अर्थतन्त्रलाई सुधार गर्नको लागि अरू संस्कृतिहरू र शिक्षा प्रणालीहरूको सबैभन्दा राम्रो पक्षहरूलाई अपनाऊन् भन्‍ने प्रोत्साहन दिइन्छ।

जब धेरैजसो मानिसहरूले आफ्‍नो विवेकलाई पछ्याउँछन् र द्वन्द्वहरूलाई समाधान गर्न, र अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिँदै, भिन्‍नताहरूलाई बिर्सेर सबैले जिउन पाउने अधिकारलाई ध्यानमा राख्दै, प्रेम फैलाउने कार्यमा आफूलाई समर्पित गर्छन्, तब विश्वशान्ति सम्‍भव हुनसक्छ।

त्यसकारण, मानिसहरूलाई आफ्‍नो विवेक तथा चेतनाको आवाज सुन्‍नुपर्छ भन्‍ने कुरा स्मरण गराउन र आन्तरिक शान्ति प्राप्त गर्ने, प्रेम र विवेक सम्‍बन्धी शिक्षा कार्यक्रमहरूलाई लिएर, साथै हरेकको विवेक सचेत बनोस् र विश्‍व शान्तिपूर्ण बनोस् भनेर शान्तिको आवाज उठाउनको लागि विश्‍वव्यापी रूपमा पहल गर्दै, यो दिवस मनाउनको लागि प्रोत्साहन दिँदै, विश्वशान्ति तथा प्रेम महासंघ (Federation of World Peace and Love) ले अप्रिल ५ लाई "अन्तराष्ट्रिय विवेकाभास दिवस" (International Day of Conscience) को रूपमा घोषणा गरेको छ।


Dr. Hong, Tao-Tze
President of the Federation of World Peace and Love

Global Launch on February 5, 2019, UNHQ


पछाडि





म यस वेबसाइटमा उपरोक्त जानकारी प्रकट गर्न इच्छुक छु। 
      

DECLARATION OF INTERNATIONAL DAY OF CONSCIENCE